कला/मनोरञ्जन
द भ्वाइस अफ नेपाल सीजन-४ का लागि डिजिटल अडिसन पुनः खुल्ला (भिडियो रिपोर्टसहित)
२०७९ जेठ २९ गते २१:३०
२९ जेठ २०७९ काठमाडौं । हिमालय टेलिभिजनबाट प्रशारण हुने चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सीजन फोरका लागि डिजिटल अडिसन पुनः खुल्ला गरिएको छ ।
६ महिनाअघि नै डिजिटल अडिसन खुल्ला गरिएको भए पनि यस अवधिमा धेरैको स्वर परिवर्तन भएको, कतिपय सम्पर्कमा नआएको, कतिपय विदेश गएका कारणले इच्छुक प्रतिष्पर्धीहरुलाई पुनः डिजिटल अडिसनमा सहभागी हुन अनुरोध गरिएको छ ।
डिजिटल अडिसनमा छनोट भएका प्रतिष्पर्धीलाई द भ्वाइस अफ नेपालले टेलिफोन, एसएमएस वा इमेलबाट छनोट भएको नतिजा पठाउने गरेको छ ।
कुनै प्रतिष्पर्धीले छनोट भएको कोड नपाएको खण्डमा पुनः आवेदन दिन सक्नेछन् । त्यसका लागि द भ्वाइस अफ नेपालको एप वा वाट्सएपमार्फत अडिसन दिन सकिनेछ ।
प्रतिक्रिया