कला/मनोरञ्जन

फिल्म ‘डलर एयुडी’ निर्माण हुने, मुख्य भूमिकामा मेनुका र अर्पण

हिमालय टिभी
२०७९ जेठ २८ गते १७:३३
फिल्म ‘डलर एयुडी’ निर्माण हुने, मुख्य भूमिकामा मेनुका र अर्पण

काठमाडौं । फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो ।

लामो समयदेखि नेपालको मौलिकतालाई जोगाउन विविध मनोरजानात्मक कार्यक्रम आयोजना गर्दै आएको एएसएपी इन्टरटेन्मेन्टले चलचित्र निर्माण गर्न लागेको हो ।

सन्तोष अधिकारी फिल्मस् र अमारियाको प्रोडक्सनको सयुक्त निर्माणमा बन्न लागेको चलचित्रमा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारीलगायतको अभिनय रहनेछ ।

देवकुमार श्रेष्ठको निर्देशन रहने फिल्ममा सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन् । चर्चित फिल्म ‘आमा’मा सहलगानी गरेका अधिकारी लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।

नेपालबाट अष्ट्रेलिया जाने नेपालीको जीवन कथाको विषयमा निर्माण हुने फिल्मको सह–निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अन्जना अधिकारी, तृष्णा गुरुङ लगायत रहेका छन् ।

अष्ट्रेलियामा छायांकन हुने बताइएको फिल्मको कथा सन्तोष अधिकारीले लेखेका हुन् । जसको पट्कथा चे शंकरले तयार पारेका छन् ।

अस्ट्रेलियन छायाकार राय (RAH) को सिनेमाटोग्राफी , मनोरन्जन श्रेष्ठको सम्पादन अजय कुमार अधिकारीको गीत , सुरेश राई र सन्तोष मिश्रको संगीत रहने चलचित्रको सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिने बताइएको छ । समयमा सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *