राजनीति

प्रचण्डलाई कांग्रेस वरिष्ठ नेता पौडेलले दिए यस्तो जवाफ

हिमालय टिभी
२०७९ जेठ १८ गते १७:५३
प्रचण्डलाई कांग्रेस वरिष्ठ नेता पौडेलले दिए यस्तो जवाफ

१८ जेठ २०७९ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले हार व्यहोरेर पनि देश र जनता बचाउने पक्षमा लाग्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काउनुभएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेसले अहंकार बढाए एमालेलाई झैं ठेगान लगाउने चेतावनी दिनुभएको थियो ।

त्यसको जवाफ दिंदै वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जालमार्फत इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको उल्लेख गर्नुभएको छ ।

उहाँले अहिले पनि कांग्रेस हारेर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न नछाड्ने बताउनुभएको छ । प्रचण्डलाई नै मेन्सन गरेर उहाँले टिप्पणी गर्नुभएको हो ।

यो पनि पढ्नुस्

दम्भ देखाए कांग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाउने प्रचण्डको चेतावनी (भिडियो रिपोर्टसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्