Main News

दम्भ देखाए कांग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाउने प्रचण्डको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ १८ गते १७:४३
दम्भ देखाए कांग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाउने प्रचण्डको चेतावनी (भिडियो रिपोर्टसहित)

१८ जेठ २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई दम्भ नदेखाउन चेतावनी दिनुभएको छ ।

काठमाडौंमा आयोजना भएको माओवादी केन्द्रबाट जितेका स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसलाई निर्वाचनमा ठूलो दल भएकोमा दम्भ र अहंकार नदेखाउन चेतावनी दिनुभयो ।

उहाँले विगतमा एमालेलाई अहंकार आएको उल्लेख गर्दै कांग्रेसमा पनि एमालेको जस्तै अहंकार आउने हो कि भन्ने डर पैदा भएको बताउनुभयो । उहाँले कांग्रेसमा दम्भ र अहंकार चुलिएर माओवादीलाई केही पनि होइन भनेमा एमालेलाई जस्तै ठेगान लगाउने चुनौती दिनुभयो ।

अध्यक्ष प्रचण्डले काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर जनताले माओवादी केन्द्रलाई सबक सिकाएको बताउनुभयो । निर्वाचन जित्ने स्वतन्त्र उम्मेदवारहरुले माओवादीको जस्तो कुरा गरेका कारण जनताले मत दिएको उहाँले जिकिर गर्नुभयो ।

उहाँले देशमा अझै कयौँ दशकसम्म पार्टीहरुले नै राज्य गर्ने उल्लेख गर्दै पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रको राज्य नचल्ने बताउनुभयो ।

उहाँले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रुपमा नलिन पनि चेतावनी दिनुभयो । अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले जितेका स्थानीय तहहरुमा पार्टीको आधार इलाका हुनेगरी काम गर्न निर्देशनसमेत दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *