खेलकूद
कोलकातालाई दुई रनले हराउँदै लखनउ आईपीएलको प्ले अफमा
२०७९ जेठ ५ गते ९:५४

५ जेठ २०७९ मुम्बई । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई दुई रनले हराउँदै लखनउ सुपर जायन्ट्स प्ले अफमा पुगेको छ ।
हारसँगै कोलकाता भने प्रतियोगिताबाट बाहिरिने तेस्रो टोली बनेको छ । जितको लागि २ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८ रन मात्रै बनाउन सक्यो ।
आज गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैङ्लोरबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया