खेलकूद
लिभरपुल प्रिमियर लीग फूटबलको शीर्ष स्थानमा
२०७९ वैशाख ७ गते ७:१८

७ वैशाख २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।
प्रिमियर लीग अन्तर्गत पछिल्लो खेलमा म्यानचेष्टर युनाइटेडमाथि ४–० को शानदार जितसहित लिभरपुलले शीर्ष स्थान कब्जा गरेको हो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि मोहमेद सलाहले दुई तथा लुईस डायज र साडियो मानेले एकएक गोल गरे । डायजले लिभरपुललाई पाँचौ मिनेटमै अग्रता दिलाएका थिए ।
त्यस्तै सलाहले २२औं र मानेले ६८औं मिनेटमा गोल थपे । ८५औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गरेका थिए । युनाइटेड क्रिष्टियानो बिना मैदान ओर्लिएको थियो ।
जितसँगै लिभरपुलले ३२ खेलबाट ७६ अंक जोडेको छ । उता एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेष्टर सिटीको ७४ अंक छ ।
प्रतिक्रिया