कला/मनोरञ्जन

रियालिटी शो डान्सिङ स्टार्स आजदेखि प्रशारण शुरु हुँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ११ गते १८:२६
रियालिटी शो डान्सिङ स्टार्स आजदेखि प्रशारण शुरु हुँदै (भिडियो रिपोर्टसहित)

११ चैत २०७८ काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुने नेपालको मौलिक डान्सिङ रियालिटी सो डान्सिङ स्टार्स नेपालको प्रशारण आजदेखि शुरु हुने भएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन तथा साइनिङ सेरोमोनी गरी डान्सिङ स्टार्स प्रसारणबारे जानकारी दिइएको हो । यो शोमा विभिन्न क्षेत्रमा स्थापित १२ जना सेलिब्रेटीले कोरियोग्राफरसँग जोडी बाँधेर प्रतिस्पर्धा गर्नेछन् ।

आम दर्शकहरुले अत्यधिक रुचाएको नेपालको एक मात्र लोकप्रिय डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपाल आजदेखि प्रशारण हुने भएको छ । यो प्रतिष्पर्धाका लागि १२ जोडी सेलिब्रेटी छनोट भएका छन् । पहिलो सिजनबाट पाएको दर्शकको माया र सुभेच्छाले डान्सिङ स्टार्स नेपाल दोस्रो सिजनमा पनि उत्तिकै हौसलापूर्ण बन्ने आयोजकको दाबी छ ।

डान्सिङ स्टार्स नेपालका निर्देशक लक्ष्मण पौडेलले पहिलो सिजनबाट पाठ सिकेर दोस्रो सिजनमा अझै राम्रो गरिने बताउनुभयो ।

कलाकार तथा डान्सिङ स्टार्स नेपालकी जज गौरी मल्लले पहिलो सिजनभन्दा दोस्रो सिजनमा निकै उत्साहपूर्ण रहेको बताउनुभयो ।

डान्सिङ स्टार्स नेपालमा सहभागी हुन पाउँदा विभिन्न विधाका १२ जोडी पनि निकै उत्साहित देखिएका छन् । रेस्लिङ खेलाडी भगवती खड्का खेलाडीले पनि अर्को कुनै क्षेत्रमा अब्बल हुन सक्छ र डान्स गर्न सक्छ भन्ने सन्देश दिन यो सोमा सहभागी भएको बताउनुहुन्छ ।

गायक धीरज राई, मोडल तथा अभिनेता प्रदीप बाँस्तोला, अभिनेत्री परमिता राणा, लोकगायिका प्रीति आले मगर, मोडल सोनिका रोकाया, महिला रेस्लर भगवती खड्का, नृत्य कलाकार नीलम ढुंगाना, जुम्ल्याहा दाजुभाइ अमृत दाहाल र अमर दाहाल प्रतिस्पर्धीको रुपमा रहने भएका छन् ।

२६ शृङ्खला को रियालिटि शोको ग्राण्ड प्रीमियर एपिसोड आज प्रसारण हुनेछ भने अर्को हप्तादेखी हरेक शुक्रबार र शनिबार प्रसारण हुनेछ । यो सिजनको टाइटल स्पोन्सर नेपालको चर्चित चाउचाउ ब्राण्ड करेण्ट नुडल्स ले गरेको छ । प्रिमियर शो आज राति ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *