खेलकूद
ट्वेन्टी–ट्वेन्टी विश्वकप ग्लोबल छनोटमा नेपाल र फिलिपिन्स भिड्दै, हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने
२०७८ फागुन ७ गते ८:१७

७ फागुन २०७८ काठमाडौं । आईसीसी पुरुष ट्वेन्टी–ट्वेन्टी विश्वकप ग्लोबल छनोट ए मा नेपालले आज दोस्रो खेल खेल्दैछ ।
छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । छनोटको समूह बी मा रहेको नेपाल आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहनेछ ।
छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो । उता पहिलो खेलमा पराजित फिलिपिन्स आज पहिलो जितको खोजिमा हुनेछ ।
अल अमेरात क्रिकेट मैदानमा खेल बिहान पौने १२ बजे शुरू हुनेछ। यही समयमा हुने अर्को खेलमा ओमान र क्यानडा खेल्ने छन् । ग्लोबल छनोट प्रतियोगिता हिमालय टेलिभिजन एचडीले प्रत्यक्ष प्रशारण गरिरहेको छ ।
प्रतिक्रिया