खेलकूद

बजेट कम भयो भन्ने, दुई प्रतिशत पनि खर्च गर्न नसक्ने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ३ गते २०:२६
बजेट कम भयो भन्ने, दुई प्रतिशत पनि खर्च गर्न नसक्ने ? (भिडियो रिपोर्टसहित)

३ फागुन २०७८ काठमाडौं । खेलकुदमा बजेट कम भयो अनि खेलकुद सरकारको प्राथमिकतामा परेन । युवा तथा खेलकुद मन्त्रालय होस वा राष्ट्रिय खेलकुद परिषद्, त्यहाँका नेतृत्वमा पुग्ने सबैको मुखैमा झुण्डिएको छ यो कथन । तर, बजेट कम भयो भन्ने मन्त्रालयले दुई प्रतिशत पनि पूँजीगत खर्च गर्न सकेको छैन ।

नेकपा माओवादीका नेता महेश्वर जंग गहतराजले खेलकुद मन्त्रालयको बागडोर सम्हालेको ६ महिना पूरा भएको छ । तर, योबीचमा मन्त्रालयले प्रभावकारी काम गर्न नसकेको आरोप छ। विवादमै अल्झिरहँदा दुई प्रतिशत पनि पूँजीगत खर्च हुन सकेको छैन । तर, मन्त्री गहतराज भने खेलकुदमा बजेट कम भएको र सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको ओठे भाषण दिन व्यस्त छन ।

सांसदहरुले खेलकुद मन्त्रालय सामाजिक, राजनीति र आर्थिक हिसावले महत्वपूर्ण भए पनि सरकारले प्राथमिकतामा राख्न नसकेको गुनासो गरेका छन । तर, विनियोजित बजेटसमेत खर्च गर्न नसक्ने सरकार कुन मुखले बजेट बढाउने माग गर्छ भन्ने प्रश्नको जवाफ सत्ता साझेदार दलका नेतासँग पनि छैन ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री गहतराजले बजेट बढाउनुपर्ने माग गर्दै गर्दा सदस्यहरुले भने मन्त्रालयको कामकारवाही प्रति चरम असन्तुष्टि जनाएका छन् ।

सदस्यसचिव नियुक्तिको विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । सदस्यसचिव नभएका कारण खेलकुदका गतिविधिसहित संरचना निर्माण, खेलाडीको प्रशिक्षण लगायत सबैजसो कामहरु प्रभावित भइरहेको भन्दै खेलकुद मन्त्रालय पन्छिरहेको छ ।

खेलकुदलाई सरकारले प्राथमिकतामा पारेको छैन । बजेट पनि कमै छ । दुबै कुरा सत्य नै हो । तर, विनियोजित बजेट समेत खर्च गर्न नसक्ने मन्त्रालयले बजेट बढाइदिनुप¥यो भनेर माग गर्नु कतिको जायज होला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *