राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्टमा श्रीनिवास नियुक्त

१७ माघ २०७८ काठमाडौं । भारतका रघु राम श्रीनिवास नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ क्यानले आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोटका लागि श्रीनिवासलाई फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको हो । उनी नेपाली टिमको क्लोज क्याम्पको जिम्मेवारी सम्हाल्न हिजो नेपाल आइपुगेको क्यानले जनाएको छ ।
उनी अष्ट्रेलिया क्रिकेटको हाइ पर्फमेन्स लेभल ३ प्रशिक्षक हुन् । श्रीनिवासले मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकाको क्रिकेट टिममा सँगै काम गरेका थिए ।
नेपाली टोलीले ओमानमा आयोजना हुने आईसीसी पुरुष ट्वेन्टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ । ग्लोबल छनोटमा नेपाल रहेको समूह ए अन्तर्गतका खेलहरु फेब्रुअरी १७ देखि २४ तारिखसम्म आयोजना हुनेछ ।
नेपालले फेब्रुअरी १७ देखि ओमानमा ट्वेन्टीट्वेन्टी विश्वकप ग्लोबल क्वालिफायर खेल्दैछ । त्यसअघि फेब्रुअरी ११ देखि चार देशीय ट्वेन्टी ट्वेन्टी सिरिज खेल्दैछ ।
प्रतिक्रिया