खेलकूद
ला लिगा फूटबलमा एट्लेटिको मड्रिडले सहज जित
२०७८ पुष १९ गते ९:०९

१९ पुस २०७८ काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ ।
गएराति भएको खेलमा एट्लेटिकोले रायो भालेकानोलाई २-० गोल अन्तरले हराएको हो । एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरियाले दुई गोल गरे ।
जितसँगै एट्लेटिको १९ खेलमा ३२ अंकसहित चौथो स्थानमा उक्लिएको छ । भालेकानो ३० अंकसहित पाँचौँ स्थानमा छ ।
प्रतिक्रिया