प्रिमियर लीगमा लेष्टर सिटीसँग लिभरपुल पराजित

१४ पुस २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल पराजित भएको छ ।
प्रिमियर लीग अन्तर्गत गएराति लेष्टर सिटीले दोस्रो स्थानको लिभरपुलमाथि १–० को जित निकालेको हो । घरेलु मैदानमा लेष्टरको जितमा ५९औं मिनेटमा एडेमोला लुकम्यानले गरेको गोल नै निर्णायक रह्यो ।
यसअघि १५ औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीलाई गोल गर्न नसक्दा लिभरपुलले अग्रता लिने मौका गुमाएको थियो । जितसँगै १८ खेलबाट २५ अंक जोड्दै लेष्टर तालिकाको नवौं स्थानमा उक्लिएको छ ।
उता हारसँगै लिभरपुलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँगको अंक दूरी कम गर्ने मौका गुमाएको छ । लिभरपुलको १९ खेलबाट ४१ अंक हुँदा सिटीको समान खेलबाट ४७ अंक छ ।
लीग अन्तर्गत नै वेष्ट ह्याम युनाइटेडले वाटफोर्डमाथि ४–१ र क्रिष्टल प्यालेसले नर्विच सिटीमाथि ३–० को जित निकाल्दा टोटेनह्याम र साउथह्याम्टन १(१ गोलको बराबरीमा रोकिए ।
प्रतिक्रिया