आर्थिक
धादिङको साना किसान सहकारी सवा करोड नाफा कमाउन सफल
२०७८ पुष ११ गते ८:५२

११ पुस २०७८ धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ कम्पुरको साना किसान कृषि सहकारी संस्थाले १ करोठ १८ लाख बढी नाफा कमाउन सफल भएको जनाएको छ ।
आफ्नो २२औँ वार्षिक साधारणसभाको अवसरमा संस्थाले उक्त जानकारी दिएको हो । उक्त सहकारीमा २ करोड ६० लाख शेयर र १८ करोड रुपैयाँ निक्षेप रकम रहेको छ ।
संस्थाका अध्यक्ष खिलनारायण श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख अतिथि रहनु भएको थियो ।
संस्थाका प्रबन्धक विष्णुप्रसाद थपालियाले सभा संचालन गर्दै हालसम्म सहकारीमा १ हजार ९ सय ७ शेयर सदस्यहरु रहेका जानकारी दिनुभयो ।
प्रतिक्रिया