ए डिभिजन लीग फूटबलअन्तर्गत आज दुई खेल हुँदै

२७ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लीग फूटबलअन्तर्गत आज दुई खेल हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । सङ्कटा र पुलिसबीचको खेल दिउँसो १ बजे शुरु हुनेछ ।
आजको खेलमा सङ्कटा दोस्रो जित निकाल्ने योजनासहित मैदान उत्रनेछ ।सङ्कटा ३ खेलमा ५ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । पुलिसलाई हराएर सङ्कटा शीर्ष तीनमा उक्लन चाहन्छ ।
पुलिस पनि आज दोस्रो जितको खोजीमा रहेको छ । पुलिस ५ अङ्क जोडेर सातौं स्थानमा रहेको छ । सङ्कटालाई हराएर पुलिस शीर्ष तीनमा उक्लन चाहन्छ ।
यस्तै आजै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र ब्रिगेडबीचको खेल अपरान्ह ४ः४५ मा सुरु हुनेछ ।
जावलाखेल आज पहिलो अङ्कको खोजीमा रहेको छ भने ब्रिगेड आज दोस्रो जितको खोजीमा हुनेछ । ब्रिगेड ४ अङ्क जोडेर नवौं स्थानमा रहेको छ ।
प्रतिक्रिया