आईसीसी विश्वकप एसिया छनोटमा आज नेपाल र कुवेत भिड्दै

९ मंसिर २०७८ काठमाडौं । आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोटमा आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले आज कुवेतसँग खेल्न लागेको हो । ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई आज जित्नै पर्ने हुन्छ ।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा हङकङसँग नेपाल ६ विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा भने भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।
उता कुवेतले यसअघि दुबै खेलमा हार व्यहोरेको छ । दुबईस्थित आईसीसी एकेडेमीमा खेल बिहान सवार एघार बजे शुरू हुनेछ ।
प्रतियोगिताको चौथो खेलमा नेपालले भोलि मलेसियासँग र पाँचौ खेलमा आइतबार युएईसँग खेल्ने तालिका छ ।
राउण्ड रोबिन अनुसार खेलाइने ६ टोली सहभागी छनोटको विजेताले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।
प्रतिक्रिया