जर्मनी कतार विश्वकप फुटबलका लागि छनोट

२७ असोज २०७८ काठमाडौ । डेनमार्क आगामी वर्ष कतारमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ ।
युरोप छनोट अन्तर्गत गएराति अष्ट्रियामाथि १–० को जित निकाल्दै डेनमार्कले विश्वकपकमा स्थान पक्का गरेको हो । समूह एफको खेलमा डेनमार्कका लागि जोएकिम माहिलीको गोल नै निर्णायक रह्यो ।
भेन्यु पार्कमा सम्पन्न खेलको उनले ५३ औं मिनेटमा गोल गरेका थिए । समूहको शीर्ष स्थानको डेनमार्क अपराजित टोली पनि हो ।
डेनमार्कले आठ खेलबाट २४ अंक जोड्ने क्रममा २७ गोल गरेको छ भने अहिलेसम्म एक गोल पनि खाएको छैन । डेनमार्कको विश्वकप छनोटको इतिहासमा यो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।
छनोटकै अर्को खेलमा पोर्चुगलले लक्जमवर्गलाई ५–० ले हराएको छ । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे । रोनाल्डोको यो ५८ औं ह्याट्रिक हो । यसअघि जर्मनी विश्वकपका लागि छनोट भएको थियो ।
प्रतिक्रिया