आर्थिक
पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला काडमाडौंमा शुरु
२०७८ भदौ १६ गते १८:५८

१६ भदौ २०७८ काठमाडौं । पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला काडमाडौंमा शुरु भएको छ ।
महिला उद्यमी महासंघले आयोजना गरेको मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुवल माध्यमबाट उद्घाटन गर्नुभयो । प्रधानमन्त्री देउवाले कोरोनापछि अर्थतन्त्र थलिएकाले यो मेलाले महिला उद्यमीलाई अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नूभयो ।
महासंघकी अध्यक्ष रिता सिंहले मेलाले महिला उद्यमीलाई अनलाइनमार्फत बजारीकरण गर्न सहयोग गर्ने बताउनुभयो ।
भदौ २१ गतेसम्म चल्ने मेलामा ७९ स्टल रहनेछन् । ती मध्ये ५७ महिला उद्यमीहरुका स्टल र २२ जिल्लाका महिला उद्यमी संघहरुको प्रतिनिधीत्व गर्ने स्टल रहनेछ ।
हाते कागज, काष्ठजन्य वस्तुहरु, गरगहना, सजावटका सामग्री, ढाका लगायतका सामग्रीहरु प्रदर्शनमा राखिएको छ ।
प्रतिक्रिया