खेलकूद
बायर्न म्युनिखले जित्यो लगातार दोस्रोपटक जर्मन सुपर कप फूटबलको उपाधि
२०७८ भदौ २ गते ७:३१

२ भदौ २०७८ काठमाडौं । बायर्न म्युनिखले लगातार दोस्रो पटक जर्मन सुपर कप फूटबलको उपाधि जितेको छ ।
गएराति सम्पन्न उपाधि भिडन्तमा बोरुसिया डर्टमण्डलाई ३१ ले हराउँदै बायर्नले उपाधि उचालेको हो ।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई र थोमस मुलरले एक गोल गरे । डर्टमण्डका लागि मार्को रेअसले सान्त्वना गोल गरे ।
लेवान्डोस्कीले ४१ औं मिनेटमा बायर्नलाई अग्रता दिलाए । लगत्तै मुलरले ४९ औं मिनेटमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए ।
डर्टमुण्डका लागि ६४ औं मिनेटमा रेउसले गोल गरे । बायर्नको यो नवौं जर्मन सुपर कपको उपाधि हो ।
प्रतिक्रिया