हस्ताक्षर फिर्ता लिन एमाले संस्थापन पक्षले दिएको निर्देशन नेपाल समूहद्वारा अस्वीकार

१८ असार २०७८ काठमाडौं । संस्थापन पक्षले दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर गरिएको हस्ताक्षर फिर्ता लिन निर्देशन दिए पनि एमालेको नेपाल–खनाल पक्षले त्यसलाई अस्वीकार गरेको छ ।
हिमालय टेलिभिजनलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष भीम रावलले अवैधानिक कमिटीले गरेका निर्णय मान्नु आवश्यक नरहेको बताउनुभयो ।
नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको कमिटी बाहेक अरुले गर्ने निर्णय सबै अवैधानिक हुने र ती आफूहरुलाई स्वीकार्य नहुने रावलले प्रष्ट पार्नुभयो ।
एकातिर एकताको कुरा गर्ने र अर्कोतिर अवैधानिक कमिटीको बैठक बोलाएर भटाभट निर्णय गरेर अध्यक्ष ओलीले एकता नचाहेको पुष्टि गरेको रावलको प्रतिक्रिया छ ।
रावलले हस्ताक्षर फिर्ता लिने भन्दा ठूलो विषय पार्टीलाई विधि पद्धतिमा चलाउने कि नचलाउने भन्ने रहेको बताउनुभयो ।
प्रतिक्रिया