खेलकूद
अनास्टासिया पेभ्ल्युचेन्कोभा फ्रेन्च ओपन टेनिसको फाइनलमा
२०७८ जेठ २८ गते ८:०२

२८ जेठ २०७८ काठमाडौं । रुसी खेलाडी अनास्टासिया पेभ्ल्युचेन्कोभा वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको फाइनलमा पुगेकी छिन्।
२९ वर्षीय पेभ्ल्युचेन्कोभाले सेमिफाइनलमा स्लोभानियाकी तामरा जिदानसेकलाई सोझो सेटमा हराइन्।
२३ वर्षीय जिदानसेक ७–५ र ६३ को सेटमा पराजित भइन्। पेभ्ल्युचेन्कोभा यसअघि ग्रान्डस्लाममा क्वाटरफाइनलसम्म पुगेकी थिइन्।
प्रतिक्रिया