खेलकूद
म्यानचेष्टर सिटीका प्रशिक्षक पेप गार्डिवला वर्ष प्रशिक्षक
२०७८ जेठ ११ गते ८:०६

११ जेठ २०७८ काठमाडौं । म्यानचेष्टर सिटीका प्रशिक्षक पेप गार्डिवला वर्ष प्रशिक्षक चुनिएका छन् ।
सिटीलाई इंग्लिस प्रिमियर लीगको उपाधि दिलाएका गार्डिवलालाई लीग प्रशिक्षक एसोसिएसनले वर्ष प्रशिक्षक घोषित गरेको हो । सिटीले पछिल्लो चार वर्षमा तेस्रो पटक प्रिमियर लीगको उपाधि जितेको हो ।
यस्तै सिटीले यस सिजनमा लीग कप फूटबलको उपाधि पनि जितेको छ । सिटीले अब च्याम्पियन्स लीग फुटबलको फाइनलमा चेल्सीसँग यही मे २९ तारिखमा प्रतिस्पर्धा गर्दैछ ।
प्रतिक्रिया