Political Hightlights
एमाले स्थायी कमिटी बैठक बस्दै
२०७८ जेठ ८ गते १३:२३

८ जेठ २०७८ काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपराह्न चार बजे बालुवाटामा बस्नेगरी बैठक बोलाउनुभएको हो ।
बैठकमा चुनावको मिति घोषणा र पार्टीको आन्तरिक जीवनका विषयमा छलफल हुने कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
आजको बैठकमा पार्टी एकताका लागि कार्यदल स्तरमा भएको वार्ता प्रक्रिया जारी राख्ने वा स्थगन गर्ने भन्ने बारेमा पनि निर्णय हुने छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते चुनावको मिति घोषणा गर्नुभएको छ ।
यो निर्णयको एमालेकै माधव नेपाल पक्षसहित विपक्षी गठबन्धनका दलहरुले विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया