Political Hightlights
ओली र नेपाललाई वामदेवको बधाई
२०७८ वैशाख ३१ गते १३:१५

३१ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य वामदेव गौतमले पार्टी एकताका लागि भएको प्रयासले सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभएकव छ ।
सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै नेता गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीचको संवादलाई पार्टीका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित हुने उल्लेख गर्नुभएको छ।
पार्टी अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएकोमा गौतमले बधाई पनि दिनुभएको छ ।
पछिल्लो समय अध्यक्ष ओलीको विकल्पमा लागे नेपालखनाल समूहलाई साथ दिन बताउँदै आउनु भएका नेता गौतम पार्टी एकताका लागि भएको संवाद प्रक्रियामा भने संलग्न हुनुहुन्न ।
प्रतिक्रिया