Political Hightlights
नेता र कर्मचारीमा कोरोना पुष्टि, कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
२०७८ वैशाख १५ गते १३:३१

१५ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसका केही केन्द्रीय सदस्य र कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
कोरोना संक्रमण देखिएकोले बैठक स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ लगायतमा कोरोना संक्रमण पुष्टि भएको बताईको छ । केन्द्रीय सदस्य श्रेष्ठसहित अन्य नेताका पीएसओ, सहयोगी र केन्द्रीय कार्यालयका कर्मचारीमा संक्रमण देखिएको एक नेताले जानकारी दिएका छन ।
कांग्रेसले आज दिउँसो दुई बजेका लागि बैठक बोलाएको थियो ।
प्रतिक्रिया