आर्थिक
प्रभु बैंकद्वारा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब १० करोड नाफा आर्जन
२०७८ वैशाख १३ गते १५:२३

१३ वैशाख २०७८ काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब १० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
यो पोहोरको तुलनामा ४४ प्रतिशत धेरै हो । गत वर्ष बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य बढे पनि फि तथा कमिशन आम्दानी र अन्य सञ्चालन आम्दानी बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।
११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रभु बैंकको जगेडा कोषमा ६ अर्ब रुपैयाँ छ । चुक्ता पूँजी बढाएको प्रभु बैंक त्यस अनुपातमा नाफा तथा जगेडा कोष लगायतमा वृद्धि गर्न सफल भएको छ ।
जसका कारण उसको प्रति शेयर आम्दानी बढेर २४ रुपैयाँ ७९ पैसा भएको छ । चैत मसान्तसम्म १ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको प्रभु बैंकले १ खर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।
प्रतिक्रिया