आईपीएल क्रिकेटमा आज चेन्नई–बैंगलोर र दिल्ली–हैदरावाद खेल्दै

१२ वैशाख २०७८ चेन्नई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ ।
भारतमा जारी १४ औं संस्करणको आईपीएल क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईको वानखेडे स्टेडियममा हुने यी दुई टोलीबीचको खेल दिउँसो पौने ४ बजेबाट शुरु हुनेछ ।
बैंगलोरले यो सिजनमा हालसम्म खेलेको ४ खेलमा ४ वटैमा जित हात पारेको छ र अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यस्तै चेन्नईले यो सिजनमा हालसम्म समान ४ खेल खेलेर ३ मा जित हात पार्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेल निकै रोमाञ्चक हुने मानिएको छ । चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा र बैंगलोर विराट कोहलीको कप्तानीमा मैदान उत्रने छ ।
यस्तै आजै हुने अर्को खेलमा सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । दिल्ली र हैदरावादको खेल साँझ पौने ८ बजे चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुनेछ ।
दिल्ली तालिकाको तेस्रो स्थानमा रहेको छ भने हैदराबाद तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया