आर्थिक
आज पाँच अर्ब २० करोड बराबरको टे«जरी बिल विक्री हुने
२०७८ वैशाख ६ गते ६:३५

६ वैशाख २०७८ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रु पाँच अर्ब २० करोड बराबरको टे«जरी बिल विक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत टे«जरी बिल विक्री गर्न लागेको जनाएको छ ।
सूचना अनुसार रु २० करोड बराबरको टे«जरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ ।
यस्तै रु पाँच अर्ब बराबरको टे«जरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिने छ । सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकले यसअघि गत चैत ३० गते रु २० अर्ब २५ करोड बराबरको टे«जरी बिल विक्री गरेको थियो ।
प्रतिक्रिया