खेलकूद
ला लिगा फूटबलमा लीग लिडर एट्लेटिको मड्रिड सेभियासँग स्तब्ध
२०७७ चैत २३ गते ७:५०

२३ चैत २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा लीग लिडर एट्लेटिको मड्रिड पराजित भएको छ ।
ला लिगा अन्तर्गत गएराति सेभियाले एट्लेटिकोलाई १–० गोलले स्तब्ध बनाएको हो । घरेलु मैदानमा सेभियाका लागि ७०औं मिनेटमा मार्कस एकुनाले गरेको गोल नै निर्णायक रह्यो ।
हारसँगै एट्लेटिकोले दोस्रो र तेस्रो स्थानका रियल मड्रिड र बार्सिलोनासँगको अंक दूरी बढाउने मौका गुमाएको छ । एट्लेटिकोको २९ खेलबाट ६६ अंक छ ।
उता दोस्रो स्थानको रियलले ६३ तथा तेस्रो स्थानको बार्सिलोनाले ६२ अंक जोडेका छन् । चौथो स्थानको सेभियाले २९ खेलबाट ५८ अंक जोडेको छ ।
ला लिगाकै अन्य खेलमा सेल्टा भिगोले अलाभेसलाई ३–१ र काडिजले भ्यालेन्सियालाई २–१ गोलले हराए । त्यस्तै इल्ची र रियल बेटिसले १–१ गोलको बराबरी खेले ।
प्रतिक्रिया