खेलकूद
युरोपा लीग फूटबलमा टोटनह्यामसँग डाइनामो जग्रेब पराजित
२०७७ फागुन २८ गते ८:३३

२८ फागुन २०७७ काठमाडौं । युरोपा लीग फूटबलमा टोटनह्यामले डइनामो जग्रेबलाई हराएको छ ।
लीग अन्तर्गत गएराति भएको खेलमा टोहेनह्यामले डाइनामोलाई २–० गोल अन्तरले हराएको हो ।
टोटनह्यामका लागि ह्यारी केनले खेलको २५ र ७० औं मिनेटमा गोल गरे । डाइनामोका तर्फबाट गोलका केही प्रयास भए पनि सफल हुन सकेन ।
गए रातिनै भएको खेलमा म्यानचेस्टर युनाइटेड र एसी मिलानले १–१ गोलको बराबरी खेले ।
म्यान्युका लागि खेलको ५०औं मिनेटमा डइलो ले गोल गरे । एसी मिलानका लागि खेलको अतिरिक्त समयमा केजरले बराबरी गोल गर्दै हारबाट बचाए ।
प्रतिक्रिया