स्पेनिस ला लिगामा लेभान्टेसँग रियल मड्रिड स्तब्ध

१८ माघ २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड पराजित भएको छ ।
ला लिगाको गएराति सम्पन्न खेलमा दोस्रो स्थानको रियललाई लेभान्टेले २–१ गोलले स्तब्ध बनाएको हो । घरेलु मैदानमा रियल शुरुमै दश खेलाडीमा सीमित भएपछि दबाबमा परेको थियो ।
खेलको नवौं मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएका थिए । तर १३औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई अग्रता दिलाए । तर ३२औं मिनेटमा लेभान्टेका जोसे लुइस मोरालेसले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा भयो ।
त्यसपछि ७८औं मिनेटमा रोजर मार्टीले गोल गरेसँगै लेभान्टे २–१ ले विजयी भएको हो । हारसंगै साविक विजेता रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक दूरी कम गर्ने मौका पनि गुमाएको छ ।
रियलको २० खेलमा ४० अंक हुँदा शीर्ष स्थानको एट्लेटिकोको १८ खेलबाट ४७ अंक छ ।
ला लिगा अन्तर्गत नै सेभियाले इबरमाथि २–० र भ्यालेन्सियाले इल्चीमाथि १० को जित निलकादा भिल्लारियल र रियल सोसिडाडले एक(एकको बराबरी खेले ।
प्रतिक्रिया