आर्थिक
सुनको भाउ आज पनि बढ्यो, प्रतितोला ९३ हजार १ सयमा कारोवार
२०७७ माघ ८ गते १२:५१

८ माघ २०७७ काठमाडौं । स्थानीय बजारमा सु्नको मूल्यमा आज पनि वृद्धि भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै रु ६०० ले उकालो लागेको छ ।
प्रतितोला रु ९२ हजार ५०० मा बुधबार कारोवार भएको छापावाल सुन आज भने रु ९३ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार तोलामा रु ९२ हजारमा कारोवार भएको थियो ।
यस्तै चाँदी तोलामा रु १५ ले बढेको छ । रु एक हजार २६० मा बुधबार कारोवार भएको चाँदी आज भने रु एक हजार २७५ मूल्य निर्धारण भएको छ ।
प्रतिक्रिया