पार्टीको सम्पत्ति कब्जा गर्ने क्रममा नेकपाका दुई पक्षबीच कञ्चनपुरमा तनाब (भिडियोसहित)

१२ पुस २०७७ काठमाडौं । पार्टी विभाजन भएलगत्तै नेकपाका नेता कार्यकर्ता अब पार्टीको सम्पत्ति कब्जामा लागेका छन् । जिल्ला जिल्लामा रहेका पार्टी कार्यालय आफ्नो पक्षमा पार्न ओली र प्रचण्ड नेपाल दुवै पक्षले सकेको बल प्रयोग गरेका छन् । पार्टी कार्यलय कब्जकै क्रममा आझ कञ्चनपुरमा दुई पक्षबिच तनाव भयो ।
कञ्चनपुरको नेकपा पार्टी कार्यालय परिसरको दृश्य निकै तनावपूर्ण रह्यो । अहिले नेकपाको कार्यालय र सम्पत्ति कब्जाको प्रयास देशभर चलिरहेको छ । त्यसको निरन्तरताका रुपमा कञ्चनपुरमा यो दृश्य देखियो । यहाँ गेटमा लागेको ताला ढुंगा हानेर एक समूहले फोर्न खोजिरहेको छ ।
छेउमा प्रहरी पनि छन् । तर रोक्न सक्दैनन् । त्यसैले यो समूह ताला फोरेरै भित्र छिर्छ । ताला लगाउने र ताला फोर्ने समूहबीच तनाव हुन्छ ।
यसरी एक अर्कालाई कुटौँला झै गर्ने नेकपाका दुई समूह ओली पक्ष र प्रचण्ड नेपाल पक्षका कार्यकर्ता हुन् ।
प्रचण्ड–नेपाल पक्षले आज यहाँ कार्यक्रम गर्ने तयारी गरेपछि त्यसलाई रोक्न ओली पक्षले कार्यालयमा ताला लगाएका थियो । त्यसैले प्रचण्ड–नेपाल पक्षका कार्यकर्ता यसरी ताला फोरेर भित्र पसेका हुन् ।
ताला फोरेर कार्यालय छिरेर झडपमा उत्रिए पनि उनीहरु पार्टी अझै एक ढिक्का बनाउनु पर्ने पक्षमा रहेको बताइरहेका छन ।
अहिले नेकपामा जुन समूहले एकताको कुरा गरेपनि व्यवहार त्यसको विरुद्धमा छ, अर्थात एकताको नारामा फूटको खेलो फड्को चलिरहेको छ । र, पार्टीको सम्पत्ति कब्जाका लागि देशभर भैरहेका प्रयासले त्यही पुष्टि गर्छ ।
प्रतिक्रिया