स्पेन नेशन्स लीग फूटबलको सेमीफाइनल चरणमा प्रवेश

३ मंसिर, २०७७ काठमाडौं । स्पेन नेशन्स लीग फूटबलको सेमिफाइनल चरणमा पुगेको छ ।
समूह ए फोर अन्तर्गत गएराति जर्मनीलाई ६–० गोलले हराउँदै स्पेनले अर्को चरणमा स्थान पक्का पारेको हो । स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक बनाए ।
१७ औं मिनेटमै अल्भारो मोराटाको गोलसँगै स्पेनले खेलमा अग्रता बनायो । ३३ औं मिनेटमा मोराटाले स्पेनको अग्रता दोब्बर पारे । ३८ औं मिनेटमा रोड्रीले गोल गरेसँगै स्पेनले खेलमा ३(० गोलको अग्रता बनायो । त्यसपछि टोरेसले ५५ औं र ७१ औं मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरे ।
८९ औं मिनेटमा मिमखेल ओएरजाबलले गोल गरेपछि स्पेन समग्रमा ६–० ले विजयी भयो । जितसँगै ६ खेलबाट ११ अंक जोड्दै स्पेन शीर्ष स्थानमा समेत उक्लियो ।
उता समूह ए थ्री अन्तर्गत यसअघि नै सेमिफाइनल पुगिसकेको फ्रान्सले स्विडेनमाथि ४–२ को जित निकाल्यो । यही समूहको अर्को खेलमा पोर्चुगलले क्रोएशियालाई ३२ गोलले हरायो । पोर्चुगल र क्रोएशिया समूह चरणबाटै बाहिरिइसकेका छन् ।
प्रतिक्रिया