आर्थिक
भक्तपुरमा पालाले भाउ पाएन (भिडियोसहित)
२०७७ कार्तिक २५ गते १७:११

२५ कात्तिक, २०७७ भक्तपुर । भक्तपुरको बजारमा तिहारका लागि विक्री गरिने पालाको माग घटेको छ ।
तिहारमा बत्ती बाल्न प्रयोग हुने माटाका पालाको माग लामो समयको लकडाउन र कोरोना महामारीको कारण यस वर्ष घटेको व्यवसायी बताउँछन ।
माटोको भाउ बढ्ने तर पालाको विक्री नहुँदा व्यापारीलाई मार परेको हो ।
चिनियाँ झिलिमिलि बत्तीले प्रभाव पारेको व्यवसायलाई लकडाउन र कोरोना महामारीले झन समस्यामा पारेको छ ।
प्रतिक्रिया