कला/मनोरञ्जन

सञ्चारकर्मी बस्यालको ११औं साँगीतिक कोशेली बजारमा

हिमालय टिभी
२०७७ भदौ २१ गते १४:२८
सञ्चारकर्मी बस्यालको ११औं साँगीतिक कोशेली बजारमा

काठमाडौं । सञ्चारकर्मी तथा सर्जक सन्तोष बस्यालको ११ औ सांगीतिक कोशेली बजारमा आएको छ ।

चार बर्षको अन्तरालमा ज्यानमाया नामक दोहोरी गीतमार्फत बस्यालको गायनमा पुनरागमन भएको हो । यसअघि पप, आधुनिक तथा फिल्मी गीतमार्फत बस्यालले साँगीतिक दुनियाँमा पाइला बढाउँदै आएका थिए ।

संचार क्षेत्रमा लामो समयदेखि क्रियाशील बस्यालले गायनका अलावा शब्द तथा संगीत सिर्जनासमेत गर्दै आएका छन् । सर्जक बस्यालले साँगीतिक क्षेत्रमै पन्ध्र बर्ष बिताइसकेका छन् ।

संगीत तथा भिडियोग्राफीको पढाइसमेत गरेका बस्यालको मुख्य पेशा पत्रकारिता तथा भिडियोग्राफीनै रहे पनि बेलाबेलामा गाउने समेत गर्दै आएका छन् ।

७ सयभन्दा बढी म्युजिक भिडियो निर्माण गरेका उनले एक दर्जन बढी साना ठुला चलचित्रसमेत निर्माण गरेका छन् । दोभान नामक चलचित्रमा गीत, संगीत र छायांकनको भूमिका निर्वाह गरेका उनको सो चलचित्र उक्त समयमा निकै सफल रहेको थियो ।

गीत, संगीत र संचारकर्मसँगसँगै अघि बढेका बस्यालले भर्खरै सार्वजनिक साँगीतिक कोशेली ज्यानमायामा पनि शब्द, संगीत, स्वर, भिडियो छायांकन तथा सम्पादन आफै गरेका छन् । सीटीभी नेपाल युटुब च्यालनमार्फत सार्वजनिक गीतमा बस्यालका अलावा शान्ति हितंगाको पनि महिला आवाज रहेको छ ।

विशेषतः माया प्रितिमा आधारित उक्त गीत युवा पुस्ता लक्षित रहेको गायिका हितंगाले बताइन् । गीतबाट धेरै आशा रहेको हितंगाको भनाइ छ ।

रुपन्देहीको देवदहमा छायांकन गरिएको गीतको भिडियोलाई प्रेम गुरुङले निर्देशन गरेका छन् भने भिडियोमा प्रेमका अलावा मोहन गुरुङ, बर्षा र रेबिनाले कम्मर मर्काएका छन् ।

प्रतिक्रिया

2 thoughts on “सञ्चारकर्मी बस्यालको ११औं साँगीतिक कोशेली बजारमा

Leave a Reply to Naran nirvana Cancel reply

Your email address will not be published. Required fields are marked *