लियोनसँग म्यानचेस्टर ३–१ गोलअन्तरले पराजित

३२ साउन, २०७७ काठमाडौं । फ्रान्सेली क्लब लियोन च्याम्पियन्स लीग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोर्चुगलको लिस्बनमा भएको दोस्रो क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ गोलले हराउँदै लियोन अन्तिम चारमा पुगेको हो ।
लियोनको जितमा मौसा डेम्बेलेले दुई र म्याक्सवेल कोर्नेटले एक गोल गरे । सिटीको तर्फबाट केभिन डी ब्रुनीले सान्त्वना गोल फर्काए । २४ औं मिनेटमा कोर्नेटको गोलमार्फत लियोनले खेलमा अग्रता लियो ।
६९ औं मिनेटमा सिटीक केविनले गोल गर्दै खेल एक–एकको बराबरी गरे । तर त्यसपछि डेम्बेलेले लगातार दुई गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।
डेम्बेलेले ७९ र ८७ औं मिनेटमा गोल गरेका हुन् । अब सेमिफाइनलमा लियोनले जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।
बायर्नले बार्सिलोनालाई ८२ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । त्यस्तै अर्को सेमिफाइनलमा पिएसजी र लाइपजिक भिड्नेछन् ।
प्रतिक्रिया