आर्थिक
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ घट्यो
२०७६ भदौ २४ गते ७:४९

काठमाडौं । पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ ।
पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा मट्टीतेलको मूल्य ९५ मा झरेको छ ।
यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो । समायोजन भएको नयाँ मूल्य आज दिउँसो १२ बजेबाट लागू भएको निगमका कार्यकारी प्रमुख पौडेलले जानकारी दिनुभयो । खाना पकाउने ग्याँसको मुल्य भने यथावत रहेको छ ।
प्रतिक्रिया