समाज

भ्रष्टाचारको आरोप लागेका मालपोतका पूर्व नासु आचार्यद्वारा आत्महत्या

हिमालय टिभी
२०७६ साउन २७ गते ८:४८
भ्रष्टाचारको आरोप लागेका मालपोतका पूर्व नासु आचार्यद्वारा आत्महत्या

काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको घटनामा दोषी देखिएका मालपोत कार्यालय, कलंकीका पूर्वनायब सुब्बा हरिप्रसाद आचार्यले आत्महत्या गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले आचार्यसहित ७ जनाविरुद्ध ३ जेठमा भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएपछि स्वेच्छिक अवकाश लिएका आचार्यले शनिबार राति आत्महत्या गरेका हुन् ।

घटनाको अघिल्लो दिन काठमाडौंबाट आउने वित्तिकै हराएको सूचनाका आधारमा खोजी गर्दा भोलिपल्ट घरबाट एक मिलोमिटर दुरीमा झुन्डिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय, उदयपुरका डीएसपी हरिकृष्ण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार, आचार्य सखुवाको रुखमा प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार केसीको गोजीमा दुई पृष्ठ लामो सुसाइड नोट पनि भेटिएको छ । सुसाइड नोटका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आयोगका अनुसार, सावित बाडभन्ज्याङ गाविस–३ को पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहको सरकारी जग्गा व्यक्तिको स्वामित्वमा गएको विषयमा छानविनका क्रममा आचार्य दोषी देखिएका थिए ।

उक्त जग्गा व्यक्तिको स्वामित्वमा रहेको सुयल हाउजिङ्ग कम्पनीका नाममा मालपोत कार्यालय, कलंकीले गैरकानुनी श्रेस्ता खडा गरेर पूर्जासमेत उपलब्ध गराएको उजुरी परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्