हटस्पट

विज्ञहरु भन्छन्–विद्यालय कोरोनाको हटस्पट, के विद्यालय बन्द समाधान हो ? (भिडियो रिपोर्टसहित)

२९ चैत २०७७ काठमाडौं । विज्ञहरुले शैक्षिक संस्थाहरु नै कोरोना संक्रमणको हटस्पट बनेको बताएका छन् । शैक्षिक संस्थाहरुमा स्वास्थ्यका मापदण्ड कार्यान्वयन फितलो भएकाले विद्यालयहरु कोरोनाको हटस्पट बनेको सरुवा रोग विशेषज्ञ अनुप बास्तोलाले बताउनुभयो । शैक्षिक संस्थाहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड...

कोरोना हटस्पट काठमाडौं उपत्यकाः जहाँ छन् ४५ प्रतिशन संक्रमित (भिडियोसहित)

१३ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमण फैलिँदै गएसँगै उपत्यका नै कोरोना संक्रमणको हटस्पट बनेको छ । देशभर १ लाख ६४ हजार जनामा कोरोना संक्रमण देखिएकोमा काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै ७३ हजार संक्रमित छन् । जुन ४५ प्रतिशत...

यसरी बन्यो बालुवाटर कोरोनाको ‘हटस्पट’ (भिडियोसहित)

१८ असोज, २०७७, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार कोरोनाको हटस्पट बनेपछि सबैको ध्यान बालुवाटारतिर मोडिएको छ । प्रधानमन्त्रीका सल्लाहकारसहित, सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र सवारी चालकमा भटाभट संक्रमण देखिन थालेको छ । त्यसैले पछिल्लो समय काम विशेषले प्रधानमन्त्री निवास...

कोरोनाको हटस्पट पर्सामा संक्रमण ह्वातै घट्नुको कारण यस्तो छ (भिडियोसहित)

१ असोज, २०७७, पर्सा । साउन पहिलो सातादेखि कोरोनाको हटस्पट बनेको पर्सामा अहिले संक्रमणदर ह्वात्तै घटेको छ । भदौ २० देखि ११ दिनको अवधिमा जम्मा ८४ जना मात्र संक्रमित थपिएका छन् । एक समय सबैभन्दा बढी संक्रमित भेटिने पर्सामा...

कोरोना संक्रमणको हटस्पटमा स्वास्थ्य संकटकाल घोषणा गरः सांसद थापा

२ भदौ, २०७७ काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री गगन थापाले कोरोना रोकथामका लागि काठमाण्डौ उपत्यका सहितका हटस्पटहरुमा तत्काल जनस्वास्थ्य संकटकाल घोषणा गर्न माग गर्नुभएको छ । प्रधानमन्त्रीलाई पत्र पठाएर पूर्वमन्त्री थापाले कोरोना संक्रमण रोक्नका लागि गम्भीर हुन आग्रह गर्नुभएको हो...

कोरोनाको हटस्पट बाँकेको नरैनापुरमा मलेरियाको प्रकोप, ४२ जना संक्रमित फेला (भिडियोसहित)

२३ साउन, २०७७ बाँके । कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको नरैनापुरमा औलो अर्थात मलेरिया सरुवा रोगको संक्रमण देखिएको छ । चैतदेखि असारसम्ममा मात्रै नरैनापुरमा ४२ जनामा मलेरिया देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । मलेरिया रोग लामखुट्टेको टोकाइबाट सर्छ...

एकाएक हटस्पट बनेको नरैनापुरमा कसरी भयो कोरोना नियन्त्रण ?(भिडियोसहित)

१ असार, २०७७ नेपालगञ्ज । भारतबाट फर्कने युवाको संख्या घट्दै गए पछि बाँकेको नरैनापुरका १५ वटा क्वारन्टिनस्थल मध्ये ११ वटा बन्द भएका छन । क्वारन्टिनमा बस्नेको संख्या ७ हजार ८ सयबाट घटेर करिब १ सयमा झरेको छ । जेठमा...