Main News

कोरोना संक्रमणको हटस्पटमा स्वास्थ्य संकटकाल घोषणा गरः सांसद थापा

हिमालय टिभी
२०७७ भदौ २ गते १५:५१
कोरोना संक्रमणको हटस्पटमा स्वास्थ्य संकटकाल घोषणा गरः सांसद थापा

२ भदौ, २०७७ काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री गगन थापाले कोरोना रोकथामका लागि काठमाण्डौ उपत्यका सहितका हटस्पटहरुमा तत्काल जनस्वास्थ्य संकटकाल घोषणा गर्न माग गर्नुभएको छ ।

प्रधानमन्त्रीलाई पत्र पठाएर पूर्वमन्त्री थापाले कोरोना संक्रमण रोक्नका लागि गम्भीर हुन आग्रह गर्नुभएको हो । आवागमन पूर्णरुपमा बन्द गर्न र अत्यावाश्यक सेवा बाहेकका सबै सेवा रोक्न पनि थापाले प्रधानमन्त्रीको ध्यानाकर्षण गर्नुभएको छ ।

तोकिएका सीमा नाका व्यवस्थित गरी अन्य सीमा नाका बन्द गर्न पनि थापाको सुझाव छ । जनस्वास्थ्य आपतकाल’ घोषणा गरिएको अवधिमा सम्भाव्य जोखिमको आँकलन गरेर युद्धस्तरमा अस्पताल केन्द्रित लगायतका सबै तयारी गर्नुपर्नेमा थापाको जोड छ ।

संकटलको अनुभूति गर्न र जनताको जीवन रक्षा गर्न पूर्वमन्त्री थापाले प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *