समाज

कोरोनाको हटस्पट बाँकेको नरैनापुरमा मलेरियाको प्रकोप, ४२ जना संक्रमित फेला (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २३ गते १७:३४
कोरोनाको हटस्पट बाँकेको नरैनापुरमा मलेरियाको प्रकोप, ४२ जना संक्रमित फेला (भिडियोसहित)

२३ साउन, २०७७ बाँके । कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको नरैनापुरमा औलो अर्थात मलेरिया सरुवा रोगको संक्रमण देखिएको छ । चैतदेखि असारसम्ममा मात्रै नरैनापुरमा ४२ जनामा मलेरिया देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

मलेरिया रोग लामखुट्टेको टोकाइबाट सर्छ । समयमै उपचार हुन सकेन भने यसबाट मानिसको ज्यान नै जान सक्छ । लामखुट्टेको प्रकोप धेरै हुने भएकाले बाँकेको नरैनापुर मलेरिया रोगको उच्च जोखिममा छ ।

हरेक बर्ष चैतदेखि असारमा नरैनापुरमा मलेरिया रोगको प्रकोप देखिँदै आएको छ । कोरोना संक्रमणको जोखिमका कारण यो बर्ष मलेरिया रोगको परीक्षण एक तिहाइ मात्रै भए पनि संक्रमितको संख्या भने तीन गुणा बढी देखिएको छ ।

कोरोनाको जोखिम बढेपछि चैतदेखि असारसम्म नरैनापुरमा मात्रै भारतबाट १ हजार ३ सय १३ युवा फर्किएका थिए । भारतबाट घर फर्किएका युवाले मलेरियाको संक्रमण पनि सँगै ल्याएको स्वास्थ्यकर्मीको अनुमान छ ।

कोरोनाको जोखिम बढेपछि चैतदेखि असारसम्म नरैनापुरमा मात्रै भारतबाट १ हजार ३ सय १३ युवा फर्किएका थिए । भारतबाट घर फर्किएका युवाले मलेरियाको संक्रमण पनि सँगै ल्याएको स्वास्थ्यकर्मीको अनुमान छ ।

नरैनापुरको क्वारन्टिनमा बसेका एक जनामा मलेरियाको संक्रमण देखिएको थियो । कोरोना संक्रमणको जोखिम बढ्दै गएका कारण यो बर्ष चैतदेखि हजारौंको संख्यामा नागरिक भारतबाट आएका छन् । त्यसैले मलेरियाको जोखिम पनि बढेको छ ।

३१ प्रतिशत मात्रै साक्षरता रहेको नरैनापुरमा स्वास्थ्यसम्बन्धी सचेतना कम छ । लामखुट्टेको प्रकोप धेरै हुने क्षेत्रका मानिसलाई मलेरियाको जोखिम पनि बढी हुन्छ ।

लामखुटटेको टोकाइबाट जोगाउने सबै भन्दा सहज र प्रभावकारी उपाय भनेको झुल टाँगेर सुत्नु नै हो । ससाना कच्ची घरमा बस्ने विपन्न परिवारका बालबालिका तथा बृद्धबृद्धा यसको उच्च जोखिममा छन् । सन २००६ मा नरैनापुरमा कडा खालको मलेरियाबाट ३६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *