Main News

कोरोनाको हटस्पट पर्सामा संक्रमण ह्वातै घट्नुको कारण यस्तो छ (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १ गते २१:०८
कोरोनाको हटस्पट पर्सामा संक्रमण ह्वातै घट्नुको कारण यस्तो छ (भिडियोसहित)

१ असोज, २०७७, पर्सा । साउन पहिलो सातादेखि कोरोनाको हटस्पट बनेको पर्सामा अहिले संक्रमणदर ह्वात्तै घटेको छ । भदौ २० देखि ११ दिनको अवधिमा जम्मा ८४ जना मात्र संक्रमित थपिएका छन् । एक समय सबैभन्दा बढी संक्रमित भेटिने पर्सामा कसरी कोरोना नियन्त्रणमा आयो त ?

कोरोना भाइरसका नयाँ संक्रमित घट्दै गएको र निको हुने बढ्दै गएपछि वीरगन्जमा रहेका २ मध्ये एक कोभिड अस्पताल वीरगंज हेल्थ केयर खाली भइसकेको छ ।

संक्रमितको संख्या घट्दै गएपछि वीरगन्जमा साउन १० गते देखि लगाइएको निषेधाज्ञा भदौ २६ गते देखि खुकुलो पारेर शनिबार बाहेक हप्तामा ६ दिन बजार खोल्न दिइएको छ । सबैको सामूहिक प्रयासले कोरोना संक्रमित घटेको चिकित्सकको बुझाइ छ ।

तर समुदायस्तरमै कोरोना फैलिएको ठाउँमा एकातिरको चेन ब्रेक भए पनि अर्कोतिर संक्रमण बाँकी नै हुन सक्ने खतरा बाँकी नै छ । लापरबाही भए स्थिति पूनः बिग्रन सक्ने जोखिम उत्तिकै छ । बजार पुरै खुल्दैछ, ठूला चाडबाड नजिकिँदै छन र मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने र साबुन पानीले हात नधुने गरे संकट टार्न नसक्ने चिकित्सकको चेतावनी छ ।

संक्रमित कम भेटिएकै आधारमा पर्सा कोरोना संक्रमणमुक्त जिल्ला अर्थात ‘ग्रिन जोन’ बन्न लाग्यो भन्नु हतार र गलत हुने जन स्वास्थ्यविद्को टिप्पणी छ ।

अहिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका, कोरोनाको लक्षण देखिएका र विभिन्न कामले अन्यत्र जानु परेकाको मात्र पीसीआर टेष्ट हुने गरेको छ । यसले गर्दा पनि संक्रमित कम भएको हुन सक्छ । यसतर्फ पनि ध्यान दिएर कोरोनाबाट जोगिने उपाय अपनाउनुको बिकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *