माग

पोषक तत्वले भरिपूर्ण सजीवन, विदेशमा मात्र होइन स्वदेशमै यसरी बढ्यो माग (भिडियो रिपोर्टसहित)

२१ चैत २०७७ धनकुटा । नेपाली भान्सामा पाक्ने तरकारीमध्ये एक लोकप्रिय तरकारी हो सजीवन । मानव शरीरलाई आवश्यक पर्ने पोषक तत्व प्रशस्त पाइने सजीवनको लोकप्रियता पछिल्लो समय झनै बढ्दो छ । नेपालमा सब्जीको रुपमा मात्र प्रयोग गर्ने गरिएको सजीवन...

माग पूरा भएमा मात्रै सत्ताबारे सोचिन्छ : महतो

२६ फागुन २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा उहाँले वर्तमान सरकारसँग माग पूरा गराउने शर्तसहित शुरुमा सहमति...

सम्मानित ढङ्गले बाँच्ने वातावरण बनाइदिन पूर्वलडाकुको माग, मन्त्रीले दिए आश्वासन (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ बुटवल । पूर्वमाओवादी लडाकुले सम्मानित ढङ्गले बाँच्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । पूर्वजनमुक्ति सेना नेपालको नाममा बुटवलमा आज राष्ट्रिय भेला गरेर उनीहरुले आफ्नो इतिहास जोगाउँदै वर्तमानमा बाँच्ने आधार तयार पार्न आग्रह गरेका हुन् ।...

झाँक्रीलाई अविलम्ब रिहा गर्न माग

२९ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विघटित प्रतिनिधिसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ । झाँक्रीले राज्यविरुद्धको अपराध गरेको जनाउँदै प्रहरीले आज अपराह्न उहाँको निवासबाटै पक्राउ...

विभिन्न मागसहित ट्याक्सी व्यवसायी आन्दोलित (फोटो फिचर)

२४ माघ २०७७ काठमाडौं । विभिन्न मागसहित काठमाडौं उपत्यकाका ट्याक्सी ब्याबसायी आन्दोलित भएका छन् । आज आफ्ना ट्याक्सीसहित र्‍याली निकालेका व्यवसायीहरुले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन् । यस्तै व्यवसायीहरुले बन्द हड्तालको नाममा ट्याक्सीलगायतका सार्वजनिक यातायातका साधन...

सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग कोरोना पीडित व्यवसायीको माग

२० माघ २०७७ काठमाडौं । सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कोरोना महामारीबाट पीडित व्यवसायी संघर्षमा उत्रिएका छन् । उनीहरुले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारी साधनको...

अरुलाई होच्याउने र अपमान गर्ने प्रधानमन्त्री ओलीको संस्थागत प्रतिवाद, माफी माग्न बारको माग

११ माघ २०७७ काठमाडौं । अरुलाई होच्याएर बोल्ने र अपमान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको संस्थागत रुपमै प्रतिवाद हुन थालेको छ । आफू र आफ्ना समर्थकबाहेक सबैलाई गलत देखेर खिसीट्यूरी गर्ने प्रधानमन्त्री ओलीको व्यवहारको विरोधसहित कानूनी उपचारको समेत खोजी...

संविधानसभामा भएको छलफलको रेकर्ड झिकाउन माग

४ माघ २०७७ काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड झिकाउन माग भएको छ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामाथि सुनुवाइका क्रममा रिट निवेदकहरुले संविधान सभामा भएको छलफलको रेकर्ड झिकाउन माग गरेका हुन् ।...

बृहत् पूर्ण इजलासको मागमा महान्यायाधिवक्ताले जनाए असहमति

२९ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ शुरु भएको छ । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, हरिहर...

प्रतिनिधिसभा विघटन मुद्दा सुनुवाइः बृहत् पूर्ण इजलासको माग

२९ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ शुरु भएको छ । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले आज...