Main News

अर्थमन्त्री भेटेर निर्यात व्यवसायीले राखे यस्तो माग

हिमालय टिभी
२०८० जेठ २९ गते १५:२२
अर्थमन्त्री भेटेर निर्यात व्यवसायीले राखे यस्तो माग

२९ जेठ २०८० काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालले कटन र उनीको धागोमा लगाएको कर हटाउन सरकारसँग माग गरेको छ ।

आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो । व्यवसायीहरुले अर्थमन्त्रीलाई घरेलु तथा साना उद्योगमा दर्ता हुने भएकाले भ्याटमा दर्ता हुन नपर्ने व्यवस्था कायम रहनुपर्ने माग राखेको छ ।

महासंघका अध्यक्ष शेकरप्रसाद पाण्डेले कच्चा पदार्थको पहिले रहेको भ्यालुमा १५ प्रतिशतसम्म कर थप गरेको भन्दै १५ प्रतिशत कर घटाउनुपर्ने बताउनुभयो । उहाँले सरकारले कच्चा पदार्थमा कर बढाउनु भनेको आयातलाई प्रोत्साहन गर्नु भएको बताउनु भयो। उहाँले सरकारले विगतमा निर्यातजन्य उद्योगमा ५० प्रतिशतसम्म आयकरमा छुट दिएपश्चात १२ प्रतिशत कर तिर्नु पर्नेमा आगामी आर्थिक वर्षदेखि कर वृद्धि हुँदा २० प्रतिशत पुगेको बताउनु भयो। उहाँले सरकारले विद्यमान करको व्यवस्थालाई कायम राख्न अर्थमन्त्रीसँग माग गरिएको बताउनुभयो।

उहाँले सरकारले निर्यातन्य व्यवसायलाई दिँदै आएका नगत अनुदान पर्याप्त नभएको बताउनु भयो। उहाँले सरकारले सबै क्षेत्रलाई उत्पादन अनुसार वितरण गर्नुपर्ने माग गरिएको बताउनु भयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *