माग पूरा भएमा मात्रै सत्ताबारे सोचिन्छ : महतो

Himalaya Television
२०७७ फागुन २६ गते १५:४०

माग पूरा भएमा मात्रै सत्ताबारे सोचिन्छ : महतो

२६ फागुन २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा उहाँले वर्तमान सरकारसँग माग पूरा गराउने शर्तसहित शुरुमा सहमति गरिएकामा पूरा नभएपछि समर्थन फिर्ता लिइएको स्मरण गराउँदै ती मागबारे सबै पक्षसँग छलफल हुने जनाउनुभयो ।

सत्तारुढ नेकपा (एमाले) र जसपाबीचको वार्ता टोलीबारे सोधिएको प्रश्नमा उहाँले हाल सत्ता साझेदारीमा नभई मुद्दाका विषयमा छलफल भएको बताउनुभयो ।

जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तालाई लगाइएका मुद्दा फिर्तालगायत माग उठाउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs