भत्ता

प्रधानमन्त्री ओलीले भने–आउने साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ

१७ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताउनुभएको छ । आज रिपोर्टस क्लव नेपालको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताउनुभएको...

सरकारी पोशाक नसिलाउनेको भत्ता कटौती : मुख्यमन्त्री पौडेल

७ चैत २०७७ ललितपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यहाँका सरकारी सेवामा कार्यारत कर्मचारीले हरेक वर्ष सरकारले कार्यालय पोशाक सिलाउन उपलब्ध गराएको रकमबाट पोशाक सिलाएको नपाएमा भत्ता कटौती गरिने बताउनुभएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ,...

भत्ता नपाएपछि सहयोगको खोजीमा भौतारिँदै राउटे (भिडियो रिपोर्टसहित)

२४ फागुन २०७७ दाङ । राउटे समुदायले अहिले पनि जंगलमा फिरन्ते जीवन बिताइरहेका छन् । यसरी फिरन्ते जीवन बिताउने राउटेलाई सरकारले लोपुन्मुख समुदाय भनेर भत्ता दिँदै आएको छ । दैलेखको गुराँस गाउँपालिकाको जंगलमा बस्दै आएका ४७ परिवारका १ सय...

अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने

२० माघ २०७७ दुल्लु । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले ५५...

खेलाडीको रोकिएको भत्ता दिलाउने मन्त्रीको प्रतिवद्धता (भिडियो रिपोर्टसहित)

६ माघ २०७७ काठमाडौं। सरकारले खेलकूद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ताको लागि बजेटको व्यवस्थापन गर्ने आश्वासन दिएको छ । खेलाडीले पहिला प्रोत्साहन भत्ता पाउँदै आए पनि कोरोना संक्रमण सुरु भएयता रोकिएको छ । त्यसैले खेलाडीले रोकिएको भत्ता पाउँ भन्दै...

गुल्मीको छत्रकोट गाउँपालिकाले किसानलाई प्रोत्साहन भत्ता दिने (भिडियोसहित)

२९ पुस २०७७ गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले किसानलाई प्रोत्साहन भत्ता दिने तयारी गरेको छ । गाउँपालिकाले खाद्य सुरक्षा सुनिश्चित गर्नुका साथै समृद्ध किसान बनाउने भन्दै प्रोत्साहन भत्ताको कार्यक्रम ल्याएको हो । किसानलाई तीन समूहमा विभाजन गरेर भत्ता दिइने...

पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिइने

२७ पुस २०७७ काठमाडौं । तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने भएको छ । सिकाइ पद्धतिलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि नगरपालिकाले पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप वार्षिक रु तीन हजारका दरले...

सेवाग्राहीले बैंक खाता नखोल्दा भत्ता वितरणमा समस्या

२७ पुस २०७७ सिमकोट । हुम्लाका सातवटै स्थानीय तहले चालु आर्थिक वर्ष २०७७÷०७८ को सामाजिक सुरक्षा भत्ता हालसम्म वितरण गर्न सकेका छैनन् । हरेक आवको मङ्सिरमा पहिलो चौमासिक रकम भुक्तानी गर्नुपर्ने प्रावधानरहि आएको छ । दोस्रो चौमासिक रकम भुक्तानी...

यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

१२ मंसिर, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरुद्धमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन सबै कोभिड–१९ अस्पताललाई निर्देशन दिएको छ । आज मन्त्रालयको सचिवस्तरीय बैठकले जोखिम भत्ता उपलब्ध गराउन सबै कोभिड अस्पताललाई निर्देशन दिएको मन्त्रालयका...

भत्ता र मासिक तलब नपाएपछि वीर अस्पतालका कर्मचारी पुनः आन्दोलनमा

१८ कात्तिक, २०७७ काठमाडौं । कोभिड–१९ उपचारमा खटिएवापतको भत्ता र मासिक तलब नपाएको भन्दै वीर अस्पतालका कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् । अस्पतालले तलब र अन्य सुविधा नदिएको भन्दै करारका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आज अस्पतालमै नाराबाजी...