Main News

यस्तो छ आज दिल्लीमा माओवादी अध्यक्ष प्रचण्डको भेटघाट कार्यक्रम

हिमालय टिभी
२०७९ असार ३२ गते ९:१२
यस्तो छ आज दिल्लीमा माओवादी अध्यक्ष प्रचण्डको भेटघाट कार्यक्रम

३२ असार २०७९ काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दिनभर राजनीतिक भेटघाटमा व्यस्त रहनु हुने भएको छ ।

तीन दिने भ्रमणका लागि हिजो भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएका प्रचण्डले आज भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्नु हुनेछ । त्यसपछि आजै उहाँले विदेशमन्त्री डा. एस जयशङ्कर र विदेश सचिव विनयमोहन क्वात्रासँग पनि भेटघाट गर्नुहुनेछ ।

‘फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी’ नामक संस्थाद्वारा आयोजित नेपाल–भारतसम्बन्धी सेमिनारमा पनि उहाँले आज प्रमुख वक्ताको रूपमा सहभागी हुनु हुनेछ ।

प्रचण्डको सम्मानमा विदेशमन्त्री जयशङ्करले आज रात्रिभोजको आयोजना गर्नुहुने छ । जहाँ भारत सरकारका शीर्ष मन्त्रीहरूसँग भेट हुनेछ ।

प्रचण्डले भोलि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ । मोदीसँगको भेटपछि प्रचण्ड दिनदयाल मार्गस्थित भाजपा मुख्यालय जानु हुनेछ ।

त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट हुनेछ । सोही दिन अध्यक्ष नड्डाले आयोजना गरेको दिवाभोजमा सहभागी भएर साँझ स्वदेश फर्किने प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *