Main News

रेनु र सिंहलाई अवमूल्यन गरेकोमा प्रचण्डद्वारा आक्रोश व्यक्त

हिमालय टिभी
२०७९ वैशाख २३ गते १८:२५
रेनु र सिंहलाई अवमूल्यन गरेकोमा प्रचण्डद्वारा आक्रोश व्यक्त

२३ वैशाख २०७९ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेयरका उम्मेदवारद्धय रेनु दाहाल र सिर्जना सिंहलाई अवमूल्यन गर्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ ।

अध्यक्ष प्रचण्डले रेनुलाई आफ्नी छोरीको रुपमा र सिंहलाई प्रकाशमान सिंहको श्रीमतीको रुपमा प्रचार गरेर केही मानिसहरुले उनीहरुको अवमूल्यन गर्ने काम गरिरहेको बताउनु भएको हो । सत्तारुढ गठबन्धनले आज काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै उहाँले छोरी रेनुप्रति संकेत गर्दै जहाँजहाँ महिलाहरुले नेतृत्व लिएर काम गरे, त्यहाँ राम्रो काम भएको दावी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले महिला उम्मेदवारहरुमाथि विश्वास गर्ने र उनीहरुको योग्यतालाई सम्मान गरेर अघि बढनु मुलुककै आवश्यकता भएको जिकीर समेत गर्नुभयो । उहाँले पुरुषहरुले राज गरेर धेरै लछारपाटो नलगाएको उल्लेख गर्दै अव महिलाहरुलाई त्यो अवसर दिनुपर्ने निष्कर्षमा आफू पुगेको पनि स्पष्ट पार्नुु भयो ।

अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनको दृष्टिकोणले पनि, परिवर्तनलाई संस्थागत गर्ने दृष्टिकोणले पनि र नेपाली जनतामा परिवर्तनको अनुभूति गराउन पनि महिलाहरुलाई विशेष रुपले अघि बढाउनुपर्ने तर्क गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *