Main News

मन्त्रिपरिषद् हेरफेर हुनसक्ने अध्यक्ष प्रचण्डको संकेत, लोसपालाई पनि ल्याउने प्रयास (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ८ गते १५:४०
मन्त्रिपरिषद् हेरफेर हुनसक्ने अध्यक्ष प्रचण्डको संकेत, लोसपालाई पनि ल्याउने प्रयास (भिडियो रिपोर्टसहित)

८ चैत २०७८ जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेर हुनसक्ने संकेत गर्नुभएको छ ।

जनकपुर विमानस्थलमा आज बिहान पत्रकारसँग अध्यक्ष प्रचण्डले मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिनसकेको बताउनुभयो । अध्यक्ष प्रचण्डले केही मन्त्रालय हेरफेर र केहीमा नयाँ मन्त्री आउने सम्भावना रहेको बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनसम्म सहयोग मागेको र माधवकुमार नेपालले नयाँ पार्टी व्यवस्थापन गर्नुपर्ने बताएकाले मात्र आफुले सहयोग गरेको उहाँको भनाइ छ ।

अध्यक्ष प्रचण्डले मन्त्रिपरिषदमा हेरफेर हुँदा आफ्नो पार्टीको हैसियत अनुसार मन्त्रालय चाहिने बताउनुभयो । उहाँले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि गठबन्धन र सरकारमा सहभागी गराउनेबारे प्रधानमन्त्रीले छलफल गरिरहेको बताउनुभयो ।

यसैबीच, लोसपा अध्यक्ष महन्थ ठाकुरले पनि गठबन्धन र सरकारमा सहभागिताबारे छलफल भइरहेको बताउनुभएको छ । जनकपुरधाममा मधेश प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा अध्यक्ष ठाकुरले संघीय सरकारमा सहभागिता र स्थानीय निर्वाचनका लागि हुन सक्ने गठबन्धन र तालमेलका लागि छलफल भइरहेको बताउनुभयो ।

सरकारमा सहभागिता र चुनावी तालमेलको विषयमा छिट्टै निश्कर्षमा पुग्ने भन्दै अध्यक्ष ठाकुरले मधेस प्रदेशका आठवटै जिल्लाका अध्यक्षलाई पालिकाहरुमा जित्न सक्ने उम्मेदवार छान्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *