Main News

प्रधानमन्त्रीको चेतावनी : एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

हिमालय टिभी
२०८३ कार्तिक १६ गते २०:२४
प्रधानमन्त्रीको चेतावनी : एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं :  प्रधानमन्त्री वालेन्द्र शाहले सही समय आएपछि, सबैको गलत समय आउने बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमालेख्दै प्रधानमन्त्री शाहले ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ भन्दै चेतावनी दिनुभएको हो ।

शाहले कसलाई लक्षित गरेर यस्तो अभिव्यक्ति दिनुभएको हो भन्ने खुलाउनु भएको छैन । सर्वोच्च अदालतका न्यायाधीश र बिचौलिया संवाद सार्वजनिक भएपछि रास्वपाको शनिबारको सचिवालय बैठकले न्यायालयको विकृति अन्त्यका लागि भन्दै संसद्‌बाटै निर्णायक कदम चाल्न र यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन संसदीय दललाई निर्देशन दिएको थियो ।

पत्रकार पक्राउ प्रकरणमा पनि बैठकले गैरजिम्मेवार आदेश दिने व्यक्तिहरुलाई अविलम्ब पहिचान र छानबिन गरी कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो । विवादित न्यायाधीशहरुलाई महाभियोग लगाउने विषयमा पार्टीले राजनीतिक र कानुनी परामर्श थालेका बेला रास्वपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री शाहको यस्तो स्टाटस आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्